Logo

सिटी एक्सप्रेस र Al Fardan Exchange को दशैं तिहार बम्पर धमाका



काठमाडौं, २२ असोज ।  सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबई स्थित AL Fardan Exchange को संयुक्त सहकार्यमा यसपालीको दशै तिहारलाई लक्षित गर्दै “दशंै तिहार बम्पर धमाका” सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत दुबईको ब्ी ँबचमबल भ्हअजबलनभ बाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिने जनाईएको छ । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेक हप्ता टि भी , माईक्रोवेभ जस्ता घरेलु उपकरण देखी ६ लाख नगद सम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजना नोभेम्बर १४ सम्म चल्ने छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्