काठमाडौं, २२ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ सय ९० जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ४ महिला र ८ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६० प्रतिशत हो ।
आज मृत्यु हुनेहरुमा १० जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृतकको विवरण
१. सुनसरीका ३९ वर्षीय पुरुष
२.धनुषाका ७० वर्षीय पुरुष
३.कास्कीका ८३ वर्षीय पुरुष
४.काठमाडौंका ५८ वर्षीय पुरुष
५.काठमाडौंका ९१ वर्षीय पुरुष
६.काठमाडौंका ७९ वर्षीय महिला
७.ललितपुरका ७३ वर्षीय महिला
८.भक्तपुरका ८२ वर्षीय महिला
९.चितवनका ८१ वर्षीय पुरुष
१०.चितवनका ८१ वर्षीय पुरुष
११.चितवनका ९२ वर्षीय पुरुष
१२.सुर्खेतका ८२ वर्षीय महिला