Logo

दशैंअघि मन्त्रिमण्डल पूनर्गठन नहुने !



काठमाडौं, २२ असोज । मन्त्रिमण्डल पूनर्गठनको तयारमिा जुटेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः दशैंपछि मात्रै मन्त्रिमण्डल पूनर्गठन गर्ने निश्कर्षमा पुगेका छन् । पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भैरहेको लगातारको छलफलपछि प्रधानमन्त्री ओली दशैंपछि नै मन्त्रिमण्डल पूनर्गठन गर्ने निश्कर्षमा पुगेको बुझिएको छ ।

प्रभुलाई मन्त्री बनाएर माधव नेपाललाई काउन्टर दिने ओलीको तयारी

यसअघि दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन हुने भनिएको थियो । नेकपाका शीर्ष नेताहरुले पनि मन्त्रिमण्डल पूनर्गठन जतिसक्दो चाँडो गर्नुपर्ने बताउँदै आएका थिए । वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनालले पनि दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन हुने बताएका थिए ।

तर, सचिवालय बैठकले मन्त्रिमण्डल पूनर्गठन र पार्टी एकताका बाँकी काम सम्पन्न गर्नको लागि अध्यक्षद्धय ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो । तर, कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्नेबारे सहमति हुन सकेको छैन् । आजपनि अध्यक्षद्धयबीच भेटवार्ता भएको थियो । उनीहरुको भेटमा आजपनि मन्त्रिमण्डल पूनर्गठनबारे ठोस सहमति हुने सकेन ।

मन्त्रीको सुची तयार गर्न ओली र प्रचण्डबीच भेटवार्ता

स्रोतकाअनुसार अध्यक्षद्धयबीच तत्काल खाली रहेका तीन मन्त्रालयमा नेतृत्व पठाउने तयारी थियो । अर्थमन्त्रीमा महासचिव विष्णु पौडेललाई ल्याउने, सञ्चारमन्त्रीमा जनार्दन शर्मा र शहरी विकास मन्त्रालयमा सुरेन्द्र पाण्डेलाई ल्याउने तयारी भएको नेकपाका नेताहरुले नै बताउने गरेका थिए । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्