Logo

कोरोना संक्रमित संख्या एक लाख नजिक, अनियन्त्रित हुने खतरासँगै लकडाउन हुनसक्ने



काठमाडौं, २२ असोज । देशमा एकै दिन ४ हजार ३ सय ६४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । संक्रमित संख्या एक लाख नजिक पुग्दा स्थिति नियन्त्रणबाहिर जाने खतरा बढेको छ ।

विशेषगरी काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । उपत्यकामा आज एकै दिन २५ सय ४० संक्रमित थपिएका छन् । काठमाडौं र ललितपुरमा पाँच सयभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसले स्थिति झन् खतरनाक देखाएको छ ।

अहिले देशमा सक्रिय संक्रमित संख्या २६ हजार ६ सय ८४ छन् । कुल संक्रमित संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएको अवस्थालाई गम्भीर मानेको छ । यसअघि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २५ हजारभन्दा बढी सक्रिया संक्रमित संख्या पुगेमा लकडाउनको सिफारिश गरिने बताएका थिए । मन्त्रालयले यसको पूर्वतयारी समेत थालेको बुझिएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्

Screenshot