Logo

आर्थिक वृद्धि ०.२ प्रतिशतमा सीमित



काठमाडौं, असोज २३ । विश्व बैंकले कोभिड–१९ का कारण सन् २०२० मा नेपालको आर्थिक वृद्धि ०.२ प्रतिशत मात्र रहने र सन् २०२१ मा ०.६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् सन् २०२० मा २.३ प्रतिशतको आर्थिक वृद्धिदर भएको थियो ।

विश्व बैंकको दक्षिण एसिया स्तरीय आर्थिक प्रतिवेदनअनुसार कोभिडले पर्यटन क्षेत्रमा पु(याएको अवरोध र लकडाउनले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका कारण आर्थिक वृद्धि कम हुने प्रक्षेपण गरेको हो ।

विश्व बैंकको अर्धवार्षिक तथ्यांकअनुसार महामारीको विनाशकारी असरले दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको छ । यसले गर्दा अनौपचारिक क्षेत्रका कामदार सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एसियालीहरू चरम गरिबीमा धकेलिँदै छन् ।

पछिल्ला पाँच वर्षमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलनसहित यस प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षितभन्दा निकै तीव्र गतिमा आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रीय वृद्धि ४.५ रहने अनुमान रहेको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्