Logo

सबै मन्त्री हटाउनुपर्छ, स्वास्थ्यका कारण प्रधानमन्त्रीले कामचलाउ काम गर्नुभयो : भीम उपाध्याय (भिडिओसहित)



काठमाडौं, २३ असोज । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले अहिलेका सबै मन्त्री काम नलाग्ने भन्दै सबैलाई हटाउनुपर्ने माग गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यायले अहिले मुलुक संकटमा परेको बताउँदै अहिलेको नेतृत्वले समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण ८–१० महिनादेखि बालुवाटारमै बसेर काम गरेको र प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार नगएको उनको गुनासो छ । उनले कर्मचारीतन्त्र अहिले निष्क्रियजस्तो देखिएको सुनाए । प्रस्तुत छ पूर्वसचिव उपाध्यायसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्