काठमाडौँ २३ असोज। शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । यसदिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँले उकालो लागेको छ । यसदिन चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा किनबेच हुँदैछ ।
यस साता सुनचाँदीको भाउमा सामान्य घटबढ देखियो । सुनको भाउ मंगलबार सबैभन्दा उच्च रही प्रतितोला ९४ हजार ९०० रुपैयाँसम्म पुगेको थियो । बिहीबार भने साताकै सबैभन्दा कम मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने मंगलबार सबैभन्दा बढि प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यस साता चाँदीको सबैभन्दा कम मूल्य एक हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएर प्रति अउन्स एक हजार ९१० डलरमा कारोबार भइरहेको छ । चाँदी भने प्रति अउन्स २४ डलरमा किनबेच हुँदैछ ।-मेरोलगानी/File photo