काठमाडौं, २३ असोज । संविधानविद् डा. भीमार्जुन आचार्यले बेहोस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति खेदजनक रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले स्वास्थ्य मन्त्रालयका प्रवक्ताको उक्त अभिव्यक्ति नागरिक शासनमाथिको विचलनमात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लज्जाको विषय पनि भएको बताएका छन् । आचार्यले यसबारेमा सरकार प्रमुखको जवाफसमेत माग गरेका छन् ।
बेहोस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिब्यक्ति खेदजनक छ । यो अभिब्यक्ति नागरिक शासनमाथि को बिचलन मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय लज्जाको विषय पनि हो। सरकार प्रमुखको जवाफ चाहियो ।
— Bhimarjun Acharya (@BhimarjunPhD) October 8, 2020
उनले लेखेका छन्,”बेहोस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिब्यक्ति खेदजनक छ । यो अभिब्यक्ति नागरिक शासनमाथि को बिचलन मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय लज्जाको विषय पनि हो। सरकार प्रमुखको जवाफ चाहियो ।”