Logo

कस्तुरीको बिना सहित पक्राउ



बाँके, २३ असोज । कस्तुरीको ४ तोला बिना सहित २ जना पक्राउ परेका छन् । कोहलपुर आनन्दनगरबाट ४ तोला कस्तुरीको बिना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मुगु खडेराका गगन प्रसाद उपाध्याय र सोही ठाउँका टेकेन्द्र परियार रहेका छन् । उनीहरुले कस्तुरीको बिना राखेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्