काठमाडौं, २३ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी मलेबासका विराज ज्ञवालीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
विराजले ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेका थिए । प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
त्यस्तै धनुषामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीनियाँका रबिन कुमार दासलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । दासले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेका दासलाई प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।