Logo

मध्यरातमा डा. केसी पक्षधरको टिचिङ अस्पतालमा पत्रकार सम्मेलन : सरकारले छलछाम मात्रै गर्यो, भोलिबाट आन्दोलन गर्छौ



काठमाडौं, २३ असोज । अनशनरत डाक्टर गोविन्द केसीको तर्फबाट गठित वार्ता समितिले सरकारले सहमतिको लागि गम्भीरता नदेखाएको आरोप लगाएको छ । सरकारी प्रतिनिधिहरु सहमतिको लागि गम्भीर नबनेको र डा. केसी मरोस् भन्ने सरकारको नियत देखिएको केसी तर्फका वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले पत्रकार सम्मेलनमा भने ।

डा. केसी अनशनरत त्रिवि शिक्षण अस्तपाल परिसरमा पत्रकार सम्मेलन गरेर डा केसी पक्षका संयोजक क्षेत्रीले भने,सरकारले वार्ता गरेजस्तो गरेर छलछाम मात्र पारेको गरेको देखियो। डा केसी मरे मरोस् भन्ने सरकारको नियत देखिएको छ । हिजो बिहीबार राती सकिएको वार्तामा तयार भएको सहमतिको मस्यौदाभन्दा पनि पनि सरकार पछि हटेर प्रस्तुत भएपछि वार्ता असफल भएको हो ।

डा गोविन्द केसीको १९ औँ सत्याग्रहका मागको सम्बन्धमा उहाँका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । सरकारले डा केसीका मागहरू पूरा गर्न र उहाँको जीवन रक्षाको लागि तत्कालै गम्भीर हुन जरुरी छ !#WeAreWithDrKC

Posted by Solidarity for Prof. Govinda KC on Friday, October 9, 2020

उनले अब डा. केसीको जीवनरक्षा र माग पूरा गराउन भोलिबाटै आन्दोलन गर्ने पनि जनाए । उनले आन्दोलनको लागि आम नागरिकलाई आह्वानसमेत गरे । डा. कसी २६ दिनदेखि अनसनरत छन् ।

Photo & Video Source:  Solidarity for Prof. Govinda KC

 



प्रतिक्रिया दिनुहोस्