काठमाडौं, असोज २४ गते । लामो समयदेखि चर्चामा मात्र रहेको भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पु¥याउन छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार मन्त्रालयमा भएको भेटमा भैरहवासँगै नेपालगञ्ज र महेन्द्रनगरबाट पनि उडान अनुमतिका लागि गरिएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउने छलफल भएको हो ।
नेपाल र भारतबीच २०७५ असार २ गते नेपाललाई थप चारवटा हवाई रुट दिने विषयमा सहमतिमा औपचारिक हस्ताक्षर भएको थियो । सहमतिअनुसार महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगरबाट समेत भारतीय आकाश हुँदै नेपाल उडान अनुमति प्रदान गरिने उल्लेख गरिएको थियो । हाल तेस्रो देशबाट नेपाल उडान गर्ने जहाजले भारतीय आकाश प्रयोग गरेर सिमरा नाका हुँदै प्रवेश गर्छन् ।
नेपालबाट भारततर्फ उडानका लागि महेन्द्रनगर, भैरहवा नाकाको प्रयोग भइरहे पनि यो एकतर्फी मात्र छ । भारततर्फबाट ती नाका हुँदै नेपाल प्रयोग प्रवेश हुनसक्ने अवस्था छैन ।
नेपालले यी चारवटै नाकामा दोहोरो उडान अनुमतिका लागि भारतसँग सहमति गरे पनि अहिलेसम्म यसले निष्कर्ष पाउन सकेको छैन ।
त्यसका लागि भारतलाई नेपालले पत्राचार भने गरिसकेको छ । शुक्रबारको छलफलमा सोही पत्राचारलाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको थियो । कोभिडका कारण बन्द भएको नेपाल–भारत नियमित उडान पुनः सञ्चालन गर्ने विषयमा पनि मन्त्री भट्टराई र राजदूत क्वात्राबीच छलफल भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।