काठमाडौं, २५४ असोज । अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि गम्भीर हुन आग्रह गरेको छ। देशका चर्चित १० चिकित्सकहरुले जीवन रक्षाका लागि अपील जारी गर्दै सरकार र डाक्टर गोविन्द केसी पक्षधरसँग वार्ता गर्दा उनको जीवन रक्षालाई प्रमुख दायित्वका साथ लिन आग्रह गरेका छन्।
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले १० जना चिकित्सकका तर्फबाट अपिल जारी गरेका हुन्। अपील नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, पूर्व स्वास्थ्य राज्यमन्त्री भरत प्रधान, पूर्व राजदूत रहेका डाक्टर महेश मास्के, डाक्टर चोपलाल भुषाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकूलपति डाक्टर अर्जुन कार्की, चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, डाक्टर मुक्तिराम श्रेष्ठ, समाजिक अभियान्ता समेत रहेका डाक्टर सरोज धितालसहितले जारी गरेका हुन्।