Logo

सरकारी वार्ता टोलीले प्रधानमन्त्री ओलीलगत्तै डा. केसीलाई भेट्यो, अनशन तोड्न आग्रह



काठमाडौं, २४ असोज । अनशनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न र वार्ताको लागि सरकारद्धारा गठित समितिका संयोजक शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको छ । उक्त भेटमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलसमेत सहभागी थिए । डा. केसीका माग कसरी सम्बोधन गर्ने भन्नेबारे उक्त टोलीले प्रधानमन्त्रीलाई आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै सरकारी वार्ता टोली अनशनरत डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो । टोलीका संयोजक शिक्षासचिव मैनालीले डा. केसीलाई अनशन तोड्न आग्रह गरेका थिए । डा. केसीलाई भेटेलगत्तै संयोजक शिक्षासचिव मैनालीले आज एक विज्ञप्तीसमेत निकालेका छन् । FILE PHOTO/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्