Logo

चिकित्सकहरुसँग ऋषि धमलाको बहस, कोरोना संक्रमण बढ्न नदिन के गर्ने ? (भिडिओसहित)



काठमाडौं, २५ असोज । नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले डा. गोविन्द केसीले देश र जनताको हितलाई केन्द्रमा राखेर अनशन गरेको उल्लेख गरेका छन् । र, संघले केसीका माग पूरा गराउनको लागि ऐक्यबद्धता जनाएको पनि उनको भनाई छ । हिजोराति सरकार र डा. केसीबीच ८ बुँदे सहमति भएपछि डा. केसीले आज मात्रै अनशन तोडेका छन् । कार्यक्रममा सहभागी जनस्वास्थ्यविज्ञ डा. समिरमणि दिक्षितले अहिले चिकित्सकहरुले आन्दोलन नगरिदिएको हुनेथियो भन्ने धारणा राखेका थिए । जनस्वास्थ्यका हिसाबले पनि चिकित्सकहरु आन्दोलनमा उत्रिनु गलत हुने थियो भन्ने उनको भनाई हो । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले डा. श्रेष्ठ र डा. दिक्षितसँग विशेष कुराकानी गरेका छन् । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्