Logo

अब लकडाउन नहुने, डा. वासुदेव पाण्डेले गरे यस्तो खुलासा (भिडिओसहित)



काठमाडौं, २५ असोज । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढ्नुको कारण परीक्षणको दायरा बढ्नु र बाहिरबाट आउनेहरु क्वारेन्टिनमा नबस्नु नै भएको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संक्रमितको क्लोज कन्ट्याकमा हुनेहरुलाई आफूहरुले परीक्षण गरेको सुनाए ।

अहिले संक्रमितमध्ये ६० देखि ७० प्रतिशत संक्रमित घरमै बसेको पनि उनले जनाए । उनले अब लकडाउन गर्न नहुने आफ्नो व्यक्तिगत धारणा राखे । उनले भने,‘मेरो विचारमा अब लकडाउन गर्ने होईन, लकडाउन गर्नुभन्दापनि अब हामीले मापदण्ड पूरा गर्नुपर्छ ।’ हेरौं पत्रकार धमलाले डा. पाण्डेसँग गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्