Logo

४ वर्षदेखि डिप्रेशनसँग जुध्दै अमिर खानको छोरी



एजेन्सी, २५ असोज । बलिउड सुपरस्टार अमिर खानको छोरी इरा खान सामाजिक सञ्जालमा धेरै सक्रिय रहन्छिन् । इरा खानले हालै इस्टाग्राममा आफुलाई ४ वर्षदेखि डिप्रेशन भएको खुलासा गरेकी छिन् ।

इरा खानले भिडियो सेयर गर्दै आफ्नो डिप्रेशनको कुरा सेयर गरेकी हुन् । इराले भिडियोमा पछिल्लो ४ वर्षबाट क्लिनिकली डिप्रेस्ड भएको बताएकी छिन् । उनले १ वर्षदेखि आफ्नो मानसिक स्वास्थ्यमा केही गर्न चाहेको थिइन्, तर के गर्ने आफुलाई थाहा नभएको पनि जानकारी दिएकी छिन् । उनले भनिन्, ‘आफ्नो समस्या सबैलाई सेयर गरेमा आफ्नो मानसिक स्वास्थ्य राम्रो हुनेछ । ’

भिडियोका साथमा इराले लेखेकी छिन्, ‘केही चीजहरु चलिरहेका छन्, केही मानिससँग धेरै कुरा गर्न मन छ । चीजहरु धेरै अलमल र तनावले भरिएका छन् । एकैपटक सबै भन्न धेरै मुस्किल पर्छ । मैलै केही बाटो निकाले, कसरी मानिसहरुलाई मानसिक स्वास्थ्यको बारेमा सम्झाउने । ह्याप्पी वल्ड मेन्टल हेल्थ डे ।’



प्रतिक्रिया दिनुहोस्