Logo

साडी र टिकामा खुलेकी कंगना



एजेन्सी, २५ असोज । बलिउड अभिनेत्री कंगना रनौट करीब ७ महिना पछि काममा फर्किएकी छिन् । कंगनाले आफ्नो आउदै गरेको प्रोजेक्टमा काम गरिहेकी छिन्, जुन फिल्म तामिलनाडुको मुख्यमन्त्री भएकी जयललिताको जीवनमा आधारित छ ।

कंगना केही दिन पहिला मनालीबाट हैदरा आएकी थिइन् । उनले एक फिल्मको सुर्टिङको काम सकिसकेकी छिन् । उनले सुर्टिङ गरेका केही तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् । आज सेयर गरेको तस्वीरमा कंगनाको लुक जय ललितासँग धेरै मिलेको छ ।

कंगनाले राखेको यो फोटोमा जयललिताको राजनितिक फेजको र विधानसभाको सेटमा उपस्थित भएको देखिन्छ । यो भन्दा पहिला कंगनाले जयललिताको लुकमा देखिन आफ्नो तौल समेत बढाएकी थिइन् । जुन फोटोको निकै तारिफ भएको थियो ।

कंगनाले आफ्नो तस्वीर राखेर एक शेढ्यल पुरा भएको जानकारी पनि दिएकी छिन् । उनले लेखेकी छिन्, ‘जया मा को आर्शिवादबाट एक शेड्युल पुरा भएको छ । पुरै टिमलाई धन्यवाद’

फिल्मको कथा अनुसार धेरै भिडभाड देखाउन पर्ने भएपनि कोरोना भाइरसको कारण मानिसहरुलाई जम्मा पार्न भने सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्