एजेन्सी, २६ असोज । फ्रेन्च ओपन टेनिसको उपाधि जितेर स्पेनका राफेल नाडालले एकैपटक दुईवटा इतिहास बनाएका छन् । उनी एउटै उपाधि १३ पटक जित्ने पहिलो खेलाडी बनेका छन् । पुरुष टेनिसतर्फ सबैभन्दा बढी ग्रान्डस्लाम जित्ने खेलाडीमा स्वीटरल्यान्डका रोजर फडेररसँग बराबरी गरेका छन् ।
विश्व नम्बर दुई नाडालले विश्व नम्बर एक सर्वियाका नोभाक जोकोभिकलाई ६-०, ६-२ र ७-५ ले पराजित गरी उपाधि जितेका हुन् । खेलमा नाडाल शुरु देखि नै हावी भएका थिए । लयमा फर्कने जोकोभिचको प्रयास अन्तमा भने असफल भयो । अन्तिम सेटमा जोकोभिचले कडा चुनौती दिएपनि सफल भएनन् ।
नाडालले फडेररको २० वटा ग्रान्डस्लाम जितेको इतिहाससँग बराबरी गरेका छन् । जोकोभिच भने १७ औं ग्रान्ड स्लाम जित्ने खेलाडीमा पर्छन् । अब तीन खेलाडीबीच इतिहास रच्ने दौड चलेको छ ।