Logo

चीनले नेपालको भूमि मिचेको हो कि होईन ? नेकपा र कांग्रेस सांसदबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, २६ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद छक्क बहादुर लामाले संघीयताबाट जनताले घरदैलोमा सेवा पाएको सुनाए । उनले अहिले केन्द्र, प्रदेश र स्थानीय सरकार भएपनि तीन वटा सरकारबीच तालमेल नमिलेको जिकिर गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद लामाले भने,‘यो त प्राक्टिसको कुरा हो । तर, मिलाउँदै जानुपर्छ ।’

कांग्रेसकी सांसद रंगमति शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई सफल कि असफल भन्ने कुरामा सत्तापक्षकै सांसदहरुले शाहीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरेको सुनाईन् । उनले मुख्यमन्त्री शाहीले तीन वर्ष पुग्न लाग्दापनि राम्रो काम गर्न नसकेको अराोप लगाईन् । शाहीले नेपाली भूमिलाई चीनले अतिक्रमण गरेकै हो भन्ने दाबी गरिन् । उनले भनिन्,‘त्यो आधार र प्रमाण हामीसँग छ ।’



प्रतिक्रिया दिनुहोस्