काठमाडौं, २६ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले हुम्लाको नाम्खा गाउँपालिका, लिमी लालुङजङमा नेपाल र चीनको सिमा सम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीहरुलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
रावलले देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुँगो लगाईनुपर्ने पनि माग गरेका छन् । आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले यस्तो लेखेका छन्,”हुम्लाको नाम्खा गा.पा., लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् ।देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।” File Photo/ReportersNepal