Logo

छुट्टाछुट्टै स्थानबाट एकैदिन २६ फरार प्रतिवादी पक्राउ



तनहुँ, २६ असोज । तनहुँका विभिन्न स्थानबाट एकैदिन २६ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २६ जना फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको हो ।

जसमध्ये बन मुद्दामा जिल्ला अदालत तनहुँको २०६८ असार २३ गतेको फैसलाले ५ महिना २६ दिन कैद र ३८ हजार २ सय २० रुपैयाँ जरिवाना ठहर भई विगत ९ वर्षदेखि फरार रिसिङ गाउँपालिकाका कुल बहादुर दरै, बन मुद्दामै फरार २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार ४ जना, नाता कायम मुद्दामा फरार २ जना, गाली बेईज्यती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना, कुलोपानी मुद्दामा फरार १ जना, कुटपिट मुद्दामा फरार ३ जना, लुटपिट मुद्दामा फरार २ जना, करकाप मुद्दामा फरार २ जना, मानसिक तथा शारिरिक हिंसा मुद्दामा फरार १ जना, जालसाजी मुद्दामा फरार २ जना, लागूऔषध मुद्दामा फरार २ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सबै जनालाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्