Logo

रणवीर सिंहको ‘८३’ क्रिसमसमा रिलिज हुने



एजेन्सी, २६ असोज । कोरोना भाइरसको कारण धेरै फिल्मको शेड्युल गडबड भएको छ । भारतमा १६ अक्टोबरमा सिनेमाघर खुल्ने भएपनि यसको लागि नियम तोकेको छ । सिनेमा घरमा मालिकलाई दर्शक नआउने डर छ । त्यसैले फिल्म निर्माताहरुले पर्ख र हेराई को नीति अपनाइहेका छन् ।

सिनेमाघरको क्षमताको ५० प्रतिशतको दर्शक राख्न पाउने अनुमति दिएको छ । यस नियमको कारण ठुलो फिल्म निर्माताहरुले आफ्नो फिल्म रिलिज गर्न हिचकिचाएका छन् । उनीहरु आफ्नो फिल्म ३ दिनसम्म हाउस फुलको साथमा व्यवसाय गर्न चाहानछन् ।

यसैकारण ठुलो ब्यानरको फिल्म सुर्यवंशी तिहारमा रिलीज हुनेवाला थियो, तर रिलिजको मिती सरेको छ । रोहित शेट्टीको निर्देशन भएको यो फिल्ममा अक्षय कुमार र कैटरीना कैफ लीड रोलमा छन् । अजय देवगन र रणबीर सिंहलाई पनि सानो सानो भुमिकामा देखिन सकिनेछ । अब यो फिल्म २०२१ मा रिलिज हुने भएको छ ।

अर्को ठुलो फिल्म ‘८३’ क्रिसमसमा रिलिज हुने घोषणा गरेको थियो । क्रिसमसमा नै रिलिज हुनेछ । पहिला सुर्यवंशी फिल्म रिलिज भएपछि ८३ रिलिज हुने भनिएको भएता पनि हाल भने सुर्यवंशी लाई पछाडी सारीएको छ ।



प्रतिक्रिया दिनुहोस्