एजेन्सी, २६ असोज । जया बच्चनले ‘जन्जीर’ फिल्ममा सानो रोलमा काम गरिन् । जुन फिल्ममा अमिताभ ठुलो रोलमा थिए । अमिताभलाई सहयोग होस भनेर जयाले सानै भएपनि रोल स्विकार गरेकी थिइन् । जन्जीर भन्दा पहिलाका सबै अमिताभका फिल्म फ्लप भएका थिए र जया उनी भन्दा ठुलो रोलमा काम गर्थिन् ।
जयाको यस्तो मद्दतले अमिताभलाई कति चाहान्थिन् भन्ने पुष्टि हुन्छ । जसरी जयाले अमिताभको जीवनमा प्रवेश गरिन् उनको स्थान शिखरमा पुग्यो र उनी सुपरस्टार बने । सुपरस्टारडमको क्रममा अमिताभले रेखाको साथमा केही फिल्म गरे । त्यतिबेला रेखा बच्चै जस्ती थिइन् । उनी फिल्ममा व्यवसायिक दृष्टिकोणले लागेकी थिइनन् । त्यतिबेला रेखाले जीवनलाई खासै बुझेकी थिइनन् ।
अर्कोतिर अमिताभ एक शिक्षित परिवारका थिए । हरिवंश राय र तेजी बच्चनको गुणको प्रभाव उनमा राम्रोसँग परेको थियो । हिन्दी र अंग्रेजी भाषा राम्रोसँग बोल्न सक्थे । तेजी बच्चनको प्रभावले उनी धेरै व्यावहारिक पनि थिए ।
विज्ञानमा भने झै पोजेटिभ नगेटिभ तिर आकर्षित हुन्छ । चुम्बकले पनि यस्तै प्रभाव देखाउछ कि विपरीत धु्रव एक अर्कामा आकर्षित हुन्छ । यहि प्रभाव जिन्दगीमा पनि लागु भयो ।
अमिताभ र रेखा बिलकुल अलग थिए र दुवैजना आकर्षित भए । उनीहरु लगातारसँगै सुर्टिङ गर्थे । अमिताभको साथमा हुँदा रेखाले आश्चर्य जनक परिर्वतन देख्न थालिन रेखाले । दुवैजना एक अर्काको मायामा डुब्न थाले ।
रेखा र अमिताभको चर्चा एकाएक चल्न थालेपछि यश चोपडाले ‘सिलसिला’ फिल्म बनाए त्यसमा अमिताभ, रेखा र जया बच्चनलाई सम्लग्न गरे । उक्त फिल्ममा रेखा र अमिताभको रोमान्स थियो । त्यो फिल्म बक्स अफिसमा नराम्रोसँग डुब्यो । दर्शकहरुले आफ्नो पत्नी हुँदाहुँदै रेखासँग रोमान्स गरेको पटक्कै मन पराएनन् ।
उनीहरुबीच माया प्रेम धेरै भएपनि भाग्यलाई अरु नै मन्जुर भएपछि कस्को के लागछ र । त्यस्तै भयो याी जोडीलाई पनि । अमिताभ फिल्म कुलीको सुर्टिङको क्रममा बंैगलोरमा फाइटको सिन दिने क्रममा पेटमा चोट लाग्यो । पेटमा चोट लागेपछि उनी उपचारमा लागे । महिनासम्म उनको उपचार गर्न लाग्यो उनको यस कठिन परिस्थितीमा जया बच्चनले साथ दिइन् । अमिताभ मृत्युको मुखबाट जोगिए । जयाले एक पत्नीको धर्म निभाइन् यसको गहिरो असर अमिताभलाई प¥र्यो । उनी स्वस्थ भएप्छि रेखासँग दुरी बनाउन थाले । तर हालसम्म पनि एक अर्कालाई भुल्न पाएका छनैन् । भनिन्छ रेखाले अहिलेसम्म पनि अमिताभको नामको सिन्दुर लगाउछिन् । एक तर्फबाट प्रेम गर्छिन् ।