Logo

नक्कली मह बजारमा, बनाउने सामान बरामद



काठमाडौ, २६ असोज । बजारमा नक्कली मह देखिनथालेको छ । सक्कली भन्दै नक्कली मह बनाउन गिरोह नै लागेको छ ।

प्रहरीले नक्कली मह बनाउने गोंगबुको एक होटलमा प्रहरीले छापा मारेको छ । काठमाडौं महानगर र उपभोक्ताकर्मी तथा प्रहरीको संयुक्त टोलीले सोमबार बिहान होटल रेडमण्डका ३ कोठामा छापा मारेको हो ।

अनुगमनको संयुक्त टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए । होटल संचालकले व्यापारीहरुको मोवाइल नम्बर पनि नभएको जानकारी अनुगमन टोलीलाई दिएका थिए । कोठाभरी सामान जतातँतै छरिएका थिए । देख्दै खाउँ खाउँ लाग्ने महका चाका १३ टिन भेटिएको प्रहरीले जनाएको छ । साना साना पोका पनि कोठामा रहेका छन् ।

कोठामा नक्कली मह बनाउने सामान थिए । काठमाडौं उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी गरिरहेको छ । व्यापारीहरु असोज २०, २२ र २५ गते २–२ जना गरेर होटलमा आएका थिए । उनीहरुले होटलमा आफुहरु मह व्यापारी भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्