Logo

पूर्वमन्त्री धरौटीमा रिहा



काठमाडौं, २६ असोज । ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका पूर्वमन्त्री छविराज पन्त धरौटीमा रिहा भएका छन् । पन्तलाई आइतबार पाँच लाख धरौटी लिएर रिहा गर्न विशेष अदालतले आदेश दिएको हो ।
उनलाई न्यायाधिस शिवराज अधिकारी, डा.रवि अर्याल तथा न्यायाधिस बालेन्द्र रुपाखेतीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पन्त आइतबार पाँच लाख धरौटी राखेर रिहा भएका छन् । ललिता निवास प्रकरणमा उनीसँग अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो । भुमिसुधार सचिव हुँदा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न सहयोग गरेको अभियोग पन्तमाथि लागेको छ ।

अदालतले तत्कालीन भुमिसुधार अधिकारी शंकर सुवेदीलाई पनि धरौटीमा छाड्न आदेश दिएको छ । सुवेदीमाथि पनि अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो अदालतले पछिल्लो समयमा आरोपितहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जग्गा जफत गरेको मुद्दा चलाइएकालाई भने विशेष अदालतले बोलाएको समयमा उपस्थित हुनेगरी रिहा गरेको छ । ३० जना भन्दा धेरै धरौटीमा रिहा भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्