Logo

सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट



काठमाडौं, २६ असोज । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ ।  अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५% छुट वा अधिकतम् रु २,५००÷– सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंंकले जनाएको छ ।

बैंकका अनुसार योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “First come first serve” को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।  सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा log in गर्नुहोला ।

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्