Logo

पेरुले एकजना पर्यटकका लागि खोल्यो विश्व सम्पदा ‘माछुपिछु’



एजेन्सी, २७ असोज । पेरुले विश्व सम्पदा सूचीमा परेको माछुपिछु सात महिनापछि खुलाएको छ । त्यो पनि मात्र एकजना पर्यटकका लागि ।

सात महिनासम्म माछुपिछु भ्रमणका लागि कुरेका जापानी पर्यटकका लागि उक्त क्षेत्र खुल्ला गरेको हो । जेसे ताकायामाको विशेष अनुरोधपछि उनका लागि माछुमिछु खुल्ला गरिएको हो । केही दिनका लागि पेरु पुगेका ताकायामा कोरोना भाइरसको संक्रमण फैलिएपछि रोकिएका थिए । उनी माछुपिछु भ्रमण गरेरै छाड्ने भनी रोकिए । कोरोना भाइरसको संक्रमण फैलिएपछि पेरुले मार्चमा माछुपिछु बन्द गरेको थियो ।

ताकायामाले एक्लै माछुमिछुको भ्रमण गरेपछि खुशी व्यक्त गरेका छन् । उनले यात्रा निकै रमाइलो भएको प्रतिक्रिया दिए ।

माछुपिछु पर्यटकीय आकर्षणको क्षेत्र हो । अर्को महिना यसलाई पुनः खुलाइने योजना बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्