Logo

काभ्रेका मेयर गौतमलाई कांग्रेस नेत्री पवित्रा लामाको प्रश्न



काठमाण्डौँ, २७ असोज । काभ्रे चौरीदेउराली गाउँपालिका ठूलो बाङथलीस्थीत घरभित्र एक शव दूई दिनदेखि मृत अवस्थामा थियो । शवको कोरोनो रिपोर्ट नभएको कारण शवलाई स्थानीय र जनप्रतिनिधिले व्यवस्थापन गर्न मानेनन् । सोही क्षेत्रकी स्थानीयबासी कांग्रेस नेत्री तथा समाजिक अभियन्ता पवित्रा लामाले उक्त घटनाको विवरण थाहाँ पाइन् । उनी उक्त स्थानमा काठमाडौँबाट कठिन परिस्थतीको सामाना गर्दै आफू र दूई सहकर्मी लिएर पुगीन् र शवलाई अन्ततः शदगत गरिन् ।

स्थानीय निकायका जिम्मेबार पदमा बसेका प्रतिनिधिहरु उक्त घटनामा समेत चासो नदेखाएको उक्त घटनाले प्रश्न औँल्याएको छ । नेत्री पवित्राले सोही क्रममा भनिन्,‘गाउँका बडा अध्यक्ष राजु लामा, सुरेश कुमार लामा लगायत केही प्रतिनिधि उपस्थित भएतापनि मेयर दिनानाथ गौतमको उपस्थिती देखिएन् । यसले लापरवाही देखाउँछ । हामी आफ्नो संस्थानका अध्यक्ष विनयजंग बस्नेतसंग सरसल्लाह लिएर शवबाहन रिजर्भ गरी त्यहाँ पुगेका थियौँ । र, शव शदगत गर्यौँ ।’ स्थानीय निकाय यस्ता प्रकारका संबेदनशील घटनामा गम्भीर हुनुपर्ने ठाउँमा, लापरवाहीको सिमा नाधेको उनले आक्रोश पोखिन् ।

उनले स्थानीय सरकारलाई आफ्नो जिम्मेवारी बोध गर्न आफूले गरेको कार्यबाट महसुस गराइकी छिन् । आफू सोही गाउँकी चेली भएर शव शदगत गर्न घण्टौँको भोकभोकै यात्रा तय गरेको साथै शव उठाएको भन्दै स्थानीयहरुले उनीहरुलाई समेत हेला गरेको बताइन् । उनीहरु दलितको घरमा गासको आपेक्षा गरिन् र अन्ततः भोक मार्न पाएको बताइन् । यस विषयमा स्थानीय सरकार किन मौन भन्दै प्रश्न तेर्साएकी छिन् । प्रत्येक वर्ष सडक गुणस्तर बनाउन बजेट छुट्टिएपनि स्थानीय निकायका सम्पूर्ण बाटोहरुको अवस्था दयनिय छ । गम्भीर अवस्थामा रहेका मानिसहरुलाई समेत निकै कठिनाईको सामाना गर्नु परेको जनाइएको छ ।

कतिपयको उद्वार गर्ने क्रममा बाटो मै मृत्यु हुने गर्दछ । आफूले पनि सोही सम्स्या शव शदगत गर्न जाने क्रममा निकै पठिनाई भोग्नु परेको र बाटो राम्रो भए आफू ले समयमा शव शदगत गर्न नपाएको भन्दै उनले दुखेसो पोखिन्।  कोरोनाको महामारीबीच नेत्री पवित्राले पशुपति क्षेत्रमा रोजगारी धुमाएका र बेवारिसे मानिहरुलाई निरन्तर ५१ औँ दिनदेखि खाना खुवाउँदै आएकी छिन् । उनले गरेको निस्वार्थ समाजिक काम प्रति लाखौँ युवाहरु प्ररित समेत भइरहेका छन् ।

कांग्रेसका सांसद, प्रतिनिधि र विदेशमा रहेका नेपालीहरुले उनलाई हौसला र आर्थिक सहयोग समेत खुला रुपले गरिरहेका छन् । सानै उमेरमा ठूलो सोच राखेकी नेत्रीले बाटोमा कोही भोको नरहोस् भन्दै निरन्तर रुपमा खाना खुवाउँदै र सम्पूर्णको मनमा बस्न सफल भइरहेकी छिन् । आफू वेवारिसे शवलाई व्यवस्थापन गर्न जुनसुकै कदम चाल्न पछि नहट्ने समेत स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस्