Logo

भारतमा २०२१ को शुरुमै कोरोनाविरुद्धको भ्याक्सिन आउने



एजेन्सी, २७ असोज । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन सन् २०२१ को शुरुमै आउने भएको छ । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले यसबारे जानकारी दिएका हुन् ।

हर्षवद्र्धनले भ्याक्सिनको वितरण र प्रयोगबारे अहिले देखि नै काम भइरहेको आज बताएका हुन् । भारतमा विदेशी संस्था र त्यहींभित्र नै आधा दर्जन भ्याक्सिनको विकास भइरहँदा त्यहाँको स्वास्थ्यमन्त्रीको भनाई आएको हो ।

भारतमा सेरम इन्स्टिच्युटले अक्सफोर्डसँगको सहकार्यमा भ्याक्सिन विकास गरिरहेको छ । उसले आफै पनि भ्याक्सिन विकास गरिरहेको छ ।

भारत बायोटेक र जिडस काडिला पनि भ्याक्सिनको विकास गरिरहेका छन् । उनीहरु दोस्रो चरणको परीक्षणका क्रममा छन् ।



प्रतिक्रिया दिनुहोस्