Logo

दुई देशका लागि भारतीय राजदुत नियुक्त



२७ असोज: भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इन्डोनेसिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो ।

भारतको परराष्ट्र सेवाको १९८८ को समूहबाट परराष्ट्र सेवामा प्रवेश गर्नुभएका मनोज कुमार भारतीलाई इन्डोनेसियाका लागि राजदूत नियुक्त गरिएको हो ।

विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयको विषेश सचिवका रुपमा काम गरेका भारतीलाई इन्डोनेसियाको नयाँ राजदूतको रूपमा नियुक्त गरिएको उल्लेख छ ।

त्यसैगरी राहुल श्रीवास्तवलाई अल्वानियाको राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ । उनी पनि परराष्ट्र सेवाकै सन् १९९९ को समूहको कर्मचारी छन् ।

उनले अहिले रोमानियाका लागि भारतीय राजदूतको रुपमा काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

उनीहरु दुवै जनाले चाँडै नै आफ्नो कार्यभार सम्हाल्ने पनि विज्ञप्तिमार्फत् विश्वास व्यक्त गरिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्