Logo

चोरी गरी फरार पक्राउ



तनहुँ,२७ असोज । चोरी मुद्दाका फरार प्रतिवादी पूर्ण बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दाका फरार प्रतिवादी म्याग्दे गाउँपालिकाका बिक पक्राउ परेका हुन् ।

जिल्ला अदालत कास्कीको २०७४ जेठ २८ गतेको फैसलाले चोरी मुद्दामा १२ लाख ४ हजार ८ सय ७७ रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनकै घर वतनमा फेला पारी पक्राउ गरेको जनाएको छ ।

२०७३ कात्तिक ६ गते राति दशैं पर्वको समयमा घरमा कोही नभएको मौका पारी घरभित्र छिरी विभिन्न जिन्सी तथा नगद रकम चोरी गरी फरार भएको घटनामा अदालतले उक्त जरिवाना ठहर गरेको थियो ।

उनलाई जिल्ला अदालत तनहुँमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्