Logo

ब्राउनसुगर सहित पक्राउ



सुनसरी, २७ असोज । अवैध लागूऔषध ब्राउनसुगर सहित बिजय कुमार रोक्का पक्राउ परेका छन् । धरान साम्पाङ चोकबाट १२ ग्राम ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १० हजार ९ सय ५० रुपैयाँ सहित सोही स्थान बिशालचोकको रोक्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.१० प ६२९५ मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्