Logo

हातहतियार सहित बाबु छोरा पक्राउ



काठमाडौं, २७ असोज । विभिन्न हातहतियार समेतका सामान सहित बाबु छोरा पक्राउ परेका छन् । सोलुखुम्बु, खुम्बुपासाङ ल्ह्यामु गाउँपालिका बुप्साका तिलक बहादुर राई र उनकै छोरा मानबीर राईलाई १ थान भरुवा बन्दुक, १ वटा घोरलको छाला, २ थान मृगको खुट्टा र दुम्सीको काडाहरु सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको उक्त हतियार तथा सामान फेला पारेको जनाएको छ ।

त्यस्तै अछाम, तुर्माखाँद गाउँपालिका स्थित सेलागढी वनजंगलको ओडारमा लुकाई राखेको १ थान भरुवा बन्दुक फेला पारी सोमबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्