Logo

श्रीलंकामा गाई हत्या प्रतिबन्ध



एजेन्सी, २७ असोज । श्रीलंकाका प्रधानमन्त्री महिन्द राजपक्षेले संसदीय समूहमा गाईहत्यामा प्रतिबन्ध लगाउने प्रस्ताव अगाडि सारेका छन् । मन्त्रिपरिषद्का प्रवक्ता तथा संचार मन्त्री केहलिया रामबकेलाले स्थानिय मिडीयासँग कुराकानी गर्दै गौ हत्या प्रतिबन्ध गर्ने प्रस्ताव ल्याएको जानकारी दिएका हुन् ।

उल्लेखनिय कुरा बौद्ध बहुल श्रीलंकामा लगभग ९९ प्रतिशत मानिसले मासु खान्छन् । तर बहुसख्यक हिन्दु र बौद्धले गाईको मासु खादैनन् । प्रभावशाली बौद्ध भिक्षुहरु धेरै राजपक्षेको अगुवाई गर्ने एसएलपीपीको समर्थक हुन् । लगातार सरकारलाई गाईहत्यामा प्रतिबन्ध लगाउन दबाब आइहेको थियो ।

बहुसख्यक सिंहला–बौद्ध समुदायबाट एसएलपीपी आफ्नो अधिकांश शक्ति हासिल गरिसकेको छ । उनीहरुले अल्पसख्यक धार्मिक वा जातीय समुहलाई सत्तामा रहन खुशी पार्नुपर्दैन भनेर खुलमखुला भनिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्