Logo

उपत्यकामा एकैदिन २१२९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,  २७ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  २१ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ३५ सय  ५६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २१  सय २९ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १५  हजार ५ सय  ७७  जनाको पिसीआर परिक्षणमा  ३५ सय ५६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १५०३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ७८ हजार ७ सय   ८० रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १७४६ जना र ललितपुरका  २१६ जना र भक्तपुरका  १६७ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्