काठमाडौं, २७ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुरुङले आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।
गुरुङमा कोरोना भाइरसको सामान्य लक्षण देखिएको र हाल आफ्नै निवासमा आइसोलेशनमा बसेको जनाइएको छ ।-File Photo