Logo

कोरोनाविरुद्धको रुसी भ्याक्सिन भारत र ब्राजिलमा पनि उत्पादन हुनसक्ने



एजेन्सी, २७ असोज । रुसले विकास गरेको कोरोना भाइरसविरुद्ध भ्याक्सिन विभिन्न देशमा परीक्षणको क्रममा छ । अहिलेसम्म १२ हजार भन्दा बढी मानिसमा स्पुतनिक भी नाम दिइएको भ्याक्सिन परीक्षण भइसकेको छ ।

रुसी प्रत्यक्ष लगानी कोषका कार्यकारी निर्देशक किरिल डिमिट्रिभले भ्याक्सिन विश्वकै उत्कृट मध्येको भएको दाबी गरे । उनले सीएनएनसँगको अन्तवार्तामा भ्याक्सिन बेलारुस र भेनेजुएलामा परीक्षण शुरु भइसकेको बताए । यसै हप्ता भारतमा पनि क्लिनिकल परीक्षण हुने जानकारी दिए । रुसले निकट भविष्यमै संयुक्त अरब इमिरेट्समा पनि परीक्षण गर्ने तय गरेको उनको भनाई छ ।

रुसी भ्याक्सिनप्रति विश्वकै ध्यान गएको र यो प्रभावकारी रहेको समेत बताए । रुसमा विकास गरिएको यो भ्याक्सिन त्यहाँमात्र नभई अन्यत्र पनि प्रयोगमा ल्याउने तयारीबारे खुलाए ।

डिमिट्रिभले रुसमा विकास गरिएको भ्याक्सिन भारत र ब्राजिलमा समेत उत्पादन गर्न सकिने उल्लेख गरे । बाँकी विश्वका लागि आवश्यक भ्याक्सिन उपलब्ध गराउन पनि भारत र ब्राजिलमा उत्पादन गर्नुपर्ने जरुरी रहेको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्