Logo

९० वर्षको इतिहास बोकेको जावाका मोटरसाइकल ब्रान्ड ‘जावा’ नेपालमा



काठमाडौं, २८ असोज । चेकोस्लोभाकियामा ९० वर्षको इतिहास बोकेको जावाका मोटरसाइकल ब्रान्ड ‘जावा’ नेपाल भित्रिएको छ। जावाका २ वटा मोडलका ४ संस्करणका बाइक हिजो मंगलबारबाट नेपाल भित्रिएका हुन् । जावालाई नेपालमा अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले ल्या‌एको हो। कम्पनीले यसअघि नेपालमा महिन्द्राका प्यासेन्जर गाडी बिक्री वितरण गर्दै आइरहेको छ।

अग्नि मोटोइंकले नेपालमा हाल २९३ सिसि इन्जिन क्षमताका ‘जावा’ र ‘जावा-४२’ मोडल भित्र्याएको हो। जावाको सिंगल च्यानल एबिएसको मूल्य ६ लाख ४८ हजार ५ सय रूपैयाँ तोकिएको छ। त्यस्तै डुअल च्यानल एबिएसको ६ लाख ७६ हजार ५ सय रूपैयाँ पर्छ।

जावा-४२ को सिंगल च्यानल एबिएसको मूल्य ६ लाख २० हजार तोकिएको छ भने डुअल च्यानल एबिएसको ६ लाख ४८ हजार रूपैयाँ निर्धारण गरिएको छ। यी दुई मोडलका चार संस्करणबाहेक कम्पनीले अर्को मोडल ‘पेराक’ को पनि बुकिङ चाँडै खोल्दै छ। कम्पनीका अनुसार जावा बाइक अहिले कालो, मरून (कलेजी) र खरानी (ग्रे) गरी  तीन रङमा उपलब्ध छ।

त्यस्तै, जावा-४२ भने ६ रङमा उपलब्ध छः सुगा रङ, आकाशे निलो, गाढा हरियो, गाढा निलो, रातो र चम्किलो निलो। यी रङलाई कम्पनीले विभिन्न नाम दिएको छ। यो ब्रान्डले भारतमा समेत राम्रो ख्याती कमाइरहेको छ। सन् १९६० दशकमा यो बाइक भारतीय बजारमा प्रवेश गरेको थियो। यसले हालसम्म १ सय २० ओटा देशमा बजार बिस्तार गरिसकेको कम्पनीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्