Logo

‘कोभिड–१९ विरामी दिनप्रतिदिन बढ्दै गइरहेको छ, अस्पतालका बेडहरु भरिएको अवस्था छ’ : डा. बास्तोला



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले कोभिड १९ संक्रमितहरु दिनप्रतिदिन बढ्दै गइरहेको र अहिले अस्पतालका बेडहरु पनि भरिएको सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. बास्तोलाले यस्तो बताएका हुन् । उनले भने,‘कोभिड–१९ को कारणले गर्दाखेरि विरामीको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको हो । अस्पतालका बेडहरू भरिएको अवस्था छ । आई.सी.युमा पनि सिकिस्त हुने विरामीहरूको संख्या धेरै देखिन्छ । हाम्रो टेकु अस्पतालमा पनि हेर्नुहुन्छ भने आई.सी.यु भरिएर सामान्य बेडमा अक्सिजन चाहिने विरामीहरूको लागि हामीले अक्सिजनको व्यवस्थापन गरेर विरामीहरूको उपचार गर्दैछौँ ।’ प्रस्तुत छ डा. बास्तोलासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

अब आई.सी.युको अभावले निम्त्याउँदैछ संकट । जताततै जटिलता देखियो । तपाईँहरूले के गरिरहनुभएको छ ? उपचार कसरी भईरहेको छ, कोरोनाको विरामीको ?

कोभिड–१९ को कारणले गर्दाखेरि विरामीको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको हो । अस्पतालका बेडहरू भरिएको अवस्था छ । आई.सी.युमा पनि सिकिस्त हुने विरामीहरूको संख्या धेरै देखिन्छ । हाम्रो टेकु अस्पतालमा पनि हेर्नुहुन्छ भने आई.सी.यु भरिएर सामान्य बेडमा अक्सिजन चाहिने विरामीहरूको लागि हामीले अक्सिजनको व्यवस्थापन गरेर विरामीहरूको उपचार गर्दैछौँ ।

तर पहुँचवालाले मात्रै पाउने भए आई.सी.यु, जनताले खोज्दाखोज्दै ज्यान गुमाउनुपर्ने अवस्था आयो नि ?

हामीले पहिला पनि भनेका थियौँ । कोरोना संक्रमण सुरु भएर राजधानी जस्तो घना बस्ती भएको क्षेत्रमा संक्रमण व्यवस्थापन हुँदै गर्दाखेरि अस्पतालमा बेडहरू भरिँदै छन् । विशेष गरेर मध्यम र निम्न वर्गका जनसमुदायले अस्पतालमा बेडहरूको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउँछ भनेर हामीले पहिल्यैदेखि भन्दै आएका थियौँ । अहिले यो विषम परिस्थितिमा विरामीहरूको संख्या बढ्दै गईरहेको छ । त्यसको लागि रोकथामका लागि जति पनि अपनाउनुपर्ने विषयहरू सरकारबाट आम समुदायबाट हुनुपर्ने कार्यहरू थिए, ती कार्यहरू भएको देखिएन । जिम्मेवार अस्पताल, अस्पतालमा स्वास्थ्यकर्मीहरूको मैले अनुभव गरेको छु ।

होइन, अहिले उपचारको कुरा गर्दाखेरि कोरोना संक्रमणको विरामीहरूको संख्या तपाईँले भन्नुभयो, धेरै बढिरहेको छ । यो अवस्थामा कसरी जान सकिन्छ ? सरकारी अस्पताललाई कोभिड अस्पताल त बनाईयो तर उपचार भईरहेको छ ?

सम्पूर्ण अस्पतालहरूमा कोभिड संक्रमितको उपचारको लागि भनेर भनिएतापनि सम्पूर्ण ठाउँमा त्यस्तो भएको जस्तो मलाई लाग्दैन । मलाई आउने फोन कलहरू, विरामीहरूको कुराहरू सुन्दाखेरि जुन किसिमको अक्सिजन सप्लाई अथवा आवश्यक भेन्टिलेटरहरू पाउनुपर्ने अवस्था हो, त्यो नपाएको अवस्था देखिन्छ ऋषिजी । भेन्टिलेटर र आई.सी.युको अभावमा ज्यान गुमाउनुपरेको अवस्था छ । अब हामीले कोभिड अस्पताल भनेर व्यवस्थापन गर्दै गर्दा यो कोभिड अस्पताल भनेर तोकिएतापनि त्यो अस्पतालमा हुने मापदण्ड विरामीको लागि चाहिने त्यहाँको पूर्वाधार, त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरू र समयमा हुनुपर्ने रिफरलहरू सबै कुराहरूको अभाव सुरु भएको छ ।

कोरोनासम्बन्धी सबै सेवा निःशुल्क गर्नु भनेर सर्वोच्चले भनिरहँदाखेरि किन हुन सक्दैन ? के कारणले ?

हाम्रा राज्यका जुन संरचनाहरू छन्, सरकारी अस्पतालहरू छन् । ती अस्पतालहरूले दिने सेवा फरक किसिमको छ । कुनै अस्पतालहरूले पाटन, टेकु जुन सुरुवाती दिनदेखि कोरोनाको संक्रमितको लडाँइमा छन्, ती अस्पतालहरू व्यवस्थापन भएको देखिन्छ भने त्योपछि तोकिएका जति पनि तोकिएका अस्पतालहरूमा स्वास्थ्यकर्मीको सुरक्षाकवचको व्यवस्थापन, स्वास्थ्यकर्मीमा हुनुुपर्ने उच्च मनोबल कम भएको देखिन्छ । प्राईभेट अस्पतालमा आवश्यक पर्ने सुरक्षाकवचको व्यवस्थापन, त्यसको लागि राज्यले गर्नुपर्ने जति पनि अवस्थाहरू छन्, त्यो राम्रोसँग व्यवस्थित नभएको कारणले गर्दाखेरि प्राईभेट अस्पतालमा ठुलो खर्च लाग्ने र सरकारी अस्पतालमा आवश्यक उपचारको व्यवस्था नहुँदाखेरि निम्न मजदुर नेपाली जनता कोरोना संक्रमणको उपचारबाट बञ्चित हुनुपर्ने अथवा मारमा पर्नुपर्ने अवस्था आएको हो ऋषिजी ।

हाम्रो देशमा अहिलेसम्म भेन्टिलेटरको कुरा गर्दाखेरि खाली कुन–कुन अस्पतालमा छन् ? तपाईँसँग त्यो तथ्यांक होला नि त ।

अब अहिले मलाई त्यो तथ्यांक थाहा छैन । हाम्रो दुईओटा पक्ष छन् । कोरोना संक्रमित व्यक्तिलाई यदि कोरोना संक्रमणको कारणले गर्दा ती व्यक्तिहरूलाई आवश्यक पर्ने भनेको अक्सिजन भएको बेडको आवश्यकता हो, सुरुवाती दिनमा । त्यो मनिटरमा अक्सिजनको मात्रा कति पुग्यो ? अक्सिजन कम कतिखेर भयो ? अक्सिजनको आवश्यकता कति छ ? विरामीको श्वासप्रश्वास दर कति छ ? त्यसलाई मूल्याकंन गरेर बेडहरूको व्यवस्था गर्न नसक्ने अवस्थामा आई.सी.युको आवश्यकता पर्ने बेला हो । मेरो अनुभव छ, आई.सी.युमा राखिएका विरामीहरू पनि दुई, चार, छ, दश, पन्ध्र लिटर अक्सिजनमा ठीक भएर आई.सी.यु नै नचाहिने अवस्थामा डिस्चार्ज हुन्छन् भन्ने कुरा ।

हामीले उपचारको कुरा गर्दाखेरि, डाक्टरहरूको कुरा गर्दाखेरि तपाईँहरूको पनि समस्या होलान् । निजी अस्पतालमा नर्सहरूको समस्या छ । नर्सहरूको पक्षमा निर्णय भईरहेको छ ? शोषण गर्ने अस्पतालहरूको नवीकरण नहुने भयो नि, अहिले त ?

त्यो त राम्रो निर्णय भएको छ ।

स्वास्थ्य मन्त्रालयले राम्रो निर्णय गरेको छ होइन ?

विल्कुलै । किनभने स्वास्थ्यकर्मीहरू विषम परिस्थितिमा आफ्नो ज्यानको जोखिमलाई छोडेर हामी नेपाली जनता, दाजुभाइ, दिदीबहिनीहरूको स्वास्थ्योपचारको लागि त्यो एउटा त्रासलाई बिर्सेर परिवारको जोखिमलाई बिर्सेर काम गर्नुभएको छ । श्रमभन्दा बढी कुरा मागेको अवस्था होइन । धेरै ठाउँमा त्यस्तो सुनिएको ठाउँमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले अहिले गरेको निर्णय म आफैलाई पनि व्यक्तिगत रूपमा धेरै राम्रो लागेको कुरा हो । पछि हामीले व्यवस्थापन गर्न सकेनौँ । मानिसहरूको भेट कपाल काट्ने ठाउँमा होला, त्यहाँ भेटघाट त्यसरी भयो । त्यहाँ संक्रमण त्यसरी लिएर आयो र हामी जति पनि राजधानीवासी तथा अन्य ठुला शहरका मानिसहरू व्यवस्थित नहुँदाखेरि संक्रमणको व्यवस्थापन बन्द भएको जस्तो देखिन्छ । अहिलेका चुनौती हेर्नुहुन्छ भने कस्तो देखिन्छ ? भन्दाखेरि अहिले तपाईँको अस्पतालमा आउने ५० प्रतिशतभन्दा बढी व्यक्तिहरू सिकिस्त भएर आउनेहरू छन् । युवापुस्ताले जुन किसिमको जिम्मेवारी निभाउनुपर्ने थियो, त्यो भएन । संक्रमित हो कि होइन भनेर छुट्याउन नसक्ने अवस्थामा छ महिना जेल जस्तो कि म संक्रमित छु भनेर सबै संक्रमितहरू घरमा बस्ने अवस्था, भारत वा अन्य छिमेकी देशहरूबाट आएका केही महिना काम गर्ने तिहार मनाउने, पैसा जम्मा गर्न तराईमा जिविकोपार्जन गर्न आएका जतिहरू छन्, ती व्यक्तिहरूलाई पनि १४ दिनसम्म एकान्तवासमा राख्दाखेरि उनीहरूको आयआर्जन भयो होला र ? युवापुस्ता, कलिला युवाहरू छन्, उनीहरूलाई जसरी पनि काममा जानुपर्ने अवस्था छ । त्यहाँ व्यवस्थापन भएन । त्यसको फलस्वरूप आवश्यक पर्ने पूर्वाधारहरू यस्ता कानुनहरू आउँदाखेरि धेरै राम्रो हुन्थ्यो । तर त्यस्ता किसिमका कुराहरू कतै पनि सुन्नमा नआएको भएर अरू को पोजिटिभ छ ? त्यसको कुनै आधारहरू छन् भने राम्रो हुन्थ्यो होला ।



प्रतिक्रिया दिनुहोस्