Logo

प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ



भक्तपुर, २८ असोज । प्रहरीलाई अभद्र व्यवहार गर्ने एकजना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका ब्रम्हायणीस्थित डिउटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर बस्ने झापा घर भएका लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपश्चात बा.८७ प ३९७२ नम्बरको मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्