Logo

सेलिब्रिटी मौनी रायले किन गराइन् ७ पटक कोविड–१९ जाँच



एजेन्सी, २८ असोज । टेलिभिजनको लोकप्रिय तथा फिल्ममा एक अलग पहिचान बनाएकी मौनी रायले एक दुई पटक होइन सात पटक कोविड–१९ जाँच गराएकी छिन् । तर सुखद कुरा उनको सातौ पटक पनि रिपोर्ट नेगेटिभ आएकोे थियो ।

उनले सात पटक सम्म कोरोना जाँच गराउनु चाही किन आवश्यक प¥यो त्यो भने सबैको मनमा प्रश्न उठेको छ । कोविड–१९ ले भारतमा लकडाउन हुँदा मौनी राय संयुक्त अरब (युएई) मा थिइन् । भारतमा आउन सकेकी थिइनन् । पेन्टिङ गरेर दिन बिताइरहेकी थिइन् ।

यसै क्रममा उनी एक वेब शोको लागि युके गइन् । त्यहाँ उनले सुर्टिङ गरिन् । मालदीवमा सुर्टिङ गरेर भारतमा फर्किइन् । यसरी उनले अलग–अलग देशमा यात्रा गरेकाले र सुर्टिङ गरेका कारण कोविड–१९ जाँच सात पटक गरेकी हुन् । मौनीले यति धेरै गर्नु सजिलो नभएपनि आफु पछि नहटेको प्रतिक्रिया दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्