Logo

सिटिजन्स बैंकद्धारा मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात



काठमाडौं, २८ असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बैंकमा नआइ नै ग्राहकले मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ। ग्राहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिनु पर्दैन। अहिलेको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रूपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्दैं र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्‍यायाउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको विज्ञप्तिमा जनाएको छ।

Tकोभिड-१९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइ नै कारोबारको सुविधा प्राप्त गर्न सहज होस् भनी शुल्क मिनाहाको पनि निर्णय गरेको छ।  बचत खाता भएका ग्राहकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ र कार्ड लगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा दिने निर्णय गरेको हो।



प्रतिक्रिया दिनुहोस्