Logo

बिमा गरेकाको सरकारले निशुल्क उपचार नगर्ने



काठमाडौं, २९ असोज । सरकारले कोरोना बिमा गरेकाहरुको निशुल्क उपचार नगर्ने भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एकल महिला, अति अपांगता, आर्थिक रुपले विपन्न र असहाय अवस्थामा रहेका व्यक्तिहरुको मात्र निशुल्क जाँच गर्ने बताएका हुन् ।

प्रेस विफ्रिङमा डा. गौतमले भने, ‘एकल महिला, अति अपांगता, आर्थिक रुपले विपन्न र असहाय अवस्थामा रहेका व्यक्ति जेष्ठ नागरिक, अंग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण देखिएमा मात्र परीक्षण निशुल्क गरिनेछ ।’

उनले भने, ‘तर उल्लेखित व्यक्तिहरुले कुनै पनि कम्पनीबाट कोरोना बिमा गरेको भएमा उनीहरुको उपचार बिमा रकमबाट नै गरिनेछ ।’ असोज १९ गते बसेको मन्त्री परिषद्को निर्णय गौतमले बुधबारको प्रेस विफ्रिङमा बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्