काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले बुढीगण्डकी आयोजनामा अरबौंको भष्टाचार भएको भनेर गरेको दाबी पुष्टि गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चूनौति दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,‘त्यतिकै बोलेर हुँदैन्, बोलेपछि प्रमाणित गर्नुपर्छ । उहाँले हाम्रो सभापति शेरबहादुर देउवाको नाम ड्रयाग गर्नु गलत हो । हामी त त्यतिवेला पनि अपोजिशनमा थियौं । हामीले त त्यसबारेमा विरोध गरेका थियौं ।’