Logo

आज २०७७ असोज २९ गते बिहीबारको राशिफल



आज श्री शाके १९४२ वि.सं. २०७७ साल असोज २९ गते बिहीबार इश्वी सन २०२० अक्टोबर १५ तारिख अधिक आश्विन कृष्णपक्ष त्रयोदशी तिथी पश्चात चतुर्दशी तिथी उत्तरफाल्गुनी नक्षत्र ब्रह योग भद्रा करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मातङ्ग योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अनलाचह्रेपूजा ग्रामीण महिला दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : अनावश्यक खर्चको सम्भाबना रहेको छ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निराशापुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आफुभन्दा सानाको साथ सहयोगमा गरिएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँ कार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारिरीक आलस्यले सताउन सक्छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) : पारिवारिक साथ सहयोगमा बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : बल तथा पराक्रमका बृद्धि हुने योग रहेको छ । नयाँ मित्रजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । दाजुभाई तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानी गर्दा बिशेष होस पुर्याउनुपर्ने समय रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरिद योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : स्वास्थ्य क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । वाणीमा मधुरता छाउनाले प्रतिष्पर्धी शुभचिन्तक बन्नेछन । मान्यजनको साथ र सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार–ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : गरिरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । व्यापार व्यवसयामा समय उत्तम रहेकोछ । पारिवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चञ्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :  मित्रजनहरुको साथ र सहयोग प्राप्त रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनुपर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानी क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सभा÷सम्मेलनजन्य कार्यमा सामान्य मान÷सम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सवारी साधन तथा भौतिक साधनको प्रयोगमा सावधानी अपनाउनु होला । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेको छ । मित्र तथा दाजुभाईहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरिएकको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटिले मानसिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो) : बिश्वासिला ब्यत्तिmत्वहरुबाट धोका हुनसक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणीका कारण आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । मान्यजनको साथ र सहयोले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : बौद्धिक व्यक्तिहरुको साथ र सहयोग प्राप्त रहनेछ । अध्ययन तथा अध्यापनमा समय उत्तम रहेकोछ । आय आर्जनका निम्ति समय राम्रो रहेकोछ । आम्दानीका विभिन्न स्रोतहरु फेला पर्नेछन । पारिवारिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।



प्रतिक्रिया दिनुहोस्