Logo

हातहतियार सहित पक्राउ



पर्सा, २९ असोज । विभिन्न हातहतियार सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिका औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र १ थान खुकुरी सहित ४ जना पक्राउ परका हुन् ।

पक्राउ पर्नेहरुमा ठोरीका कुमार लामा, सुन बहादुर लामा, बाबुराम लामा र अमन लामा रहेका छन् । उक्त स्थानमा लागूऔषध गाँजा लिएर आउँदै छन् भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्थानमा लुकिछिपि बसेको अवस्थानामा फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला पारेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्