Logo

बलात्कारको अभियोगमा पक्राउ



काठमाडौं, २९ असोज । जबरजस्ती करणी गरेको अभियोगमा गोरखा घर भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सितापाईला बस्ने गोरखा पालुङटार घर भएका ४० वर्षीय दिपेश देवकोटा बुधबार राति पक्राउ परेका हुन् ।

दिपेशले असोज ८ गते ती किशोरीलाई जबरजस्ती करणी गरेका थिए । उनलाई खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्