Logo

एकैदिन उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,  २९ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३७  सय ४९  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १९  सय ३५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १६ हजार  ५ सय  ९८  जनाको पिसीआर परिक्षणमा ३७  सय ४९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ३५ जना ६४ कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ८४  हजार  ५ सय  १८ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १६९२ जना र ललितपुरका  १०८ जना र भक्तपुरका १३४  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख २१ हजार  ७ सय  ४५ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्