Logo

इन्जिनियरसहित ३ जना अख्तियारको फन्दामा



काठमाडौं, २९ असोज । काभ्रेपलाञ्चोकका इन्जिनियर निर्मल लामा स्याङतानसहित ३ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । रोशी गाउँपालिका, काभ्रेपलाञ्चोकका इन्जिनियर स्याङतानसहित ३ जनामाथि सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा रोशी गाउँपालिकाका इन्जिनियर स्याङतान, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामासमेतले कार्य सम्पन्न प्रतिवेदन तयार गरी निर्णाणस्थलमा हुँदै नभएको कार्यको ७ लाख ८४ हजार ४ सय ४६ रुपैयाँ रकमसमेत भुक्तानी लिएको पुष्टि भएको थियो ।

हुँदै नभएको काम भएको भनी गलत नापी किताव तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी प्रमाणित गर्ने यी तीनैजना आरोपितहरुलाई कानुन बमोजिम समेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्